राजेन्द्र लिङदेन उर्जामन्त्री, ज्ञानेन्द्र शाही युवा तथा खेलकुद मन्त्री - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

राजेन्द्र लिङदेन उर्जामन्त्री, ज्ञानेन्द्र शाही युवा तथा खेलकुद मन्त्री



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ।

यस्तै अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जामंत्री बन्ने भएको राप्रपा स्रोतले बताएको छ । आफूले भनेका मन्त्रालय नपाएपनि राप्रपा लिङदेनको नेतृत्वमा सरकारमा जाने भएको हो ।

सोमबार राति अबेर सकिएको सत्ता गठबन्धनको बैठकले राप्रपालाई तीन मन्त्रालय दिने सहमति जुटाएको हो। राप्रपाले एक उपप्रधानन्त्री पाउनेछ। यससँगै सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ हुनेछ। यसअघि सरकारमा एमाले, माओवादी र रास्वपाबाट एक/एक जना उपप्रधानमन्त्री छन्।

राप्रपाले यसअघि ऊर्जाका अलवा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दाबी गरेको थियो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ।

बाँकी दुई मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन। सहरी विकासमा धवल शमशेर राणा र युवा तथा खेलकुद मन्त्रीमा ज्ञानेन्द्र शाहीलाई पठाउने राप्रपाको तयारी छ।