राजपाले पार्टीका सांसदबाट दश हजार मासिक लेबी उठाउने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राजपाले पार्टीका सांसदबाट दश हजार मासिक लेबी उठाउने



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका सांसदबाट दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए। पार्टीभित्र आकांक्षी बढेका कारण राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । अध्यक्षमण्डलका शीर्ष नेताबीच नै प्रतिस्पर्धा देखिएकाले दलको नेताको टुङ्गो नलागेको हो । वैशाखको पहिलो साता दलको नेता चयन हुने राजपाले जनाएको छ ।

संघीय संसद्मा राजपाबाट १९ सांसद छन् । कारागारमा रहेका सांसद रेशम चौधरीको व्यवस्थापनका लागि पहल गर्ने तथा उनको शपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको महासचिव झाले बताए । हालैको असिनापानी र हुरी बतासले क्षति पुर्याएका किसानलाई राहत दिलाउन पनि राजपा बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । रासस