सेनाको विमानमा देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

सेनाको विमानमा देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति



श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन्।

मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन्। बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका हुन्।

राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ।

गत शनिबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेसँगै राजपाक्ष प्रदर्शनकारीबाट लुक्दै आएका थिए। उनले बुधबार राजीनामा दिने घोषणा पनि गरेका थिए। यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन।

राष्ट्रपतिका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेका छन्। उनी अमेरिका प्रस्थान गरेको समाचारमा बताइएको छ।