उपेन्द्र हटाउने, राजपा ल्याउने पहिलेदेखिकै डिजाइन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

उपेन्द्र हटाउने, राजपा ल्याउने पहिलेदेखिकै डिजाइन



काठमाडौं- समाजवादी पार्टी सरकारबाट बाहिरीएसँगै प्रधानमन्त्री ओलीको पछिल्लो छालबारे केहि खुलासा भएको छ ।

समाजवादी हटाएर सरकारमा राष्ट्रिय जनता पार्टी राजपालाई सहभागी गराउने तयारी पहिले पनि भएको स्रोतले बताएको छ ।

विशेषगरी बाबुरामसँग पार्टी एकतागरेपछि ओली प्रचण्ड उपेन्द्र यादवसँग चिधिएका थिए । पटक पटक उपेन्द्रको कार्यशैलीप्रति प्रश्न पनि प्रधानमन्त्रीले गरेकै थिए ।

उपेन्द्र यादवकै भनाईअनुसार प्रधानमन्त्री ओलीले नै उनको धेरै पटक अपमान समेत गरेका थिए ।

पछिल्लो समय प्रदेश २ को नेकपा र राजपाको तालमेलले पनि यसको पुष्टि गर्दछ ।

पत्रकारसँगको कुराकानीका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यसको संकेत पनि गरेका छन् ।

‘राजपाका लागि सरकारमा आउने मूल ढोका खुला छ, स्वागत गर्न रातो कार्पेट हाजिर छ,’ उनले भने, ‘त्यसका लागि छलफल पनि गरिरहेका छौं।’

उनले राष्ट्रिय सभा सदस्य चुनावका लागि भएको सहमतिले सहमतिका अरू सम्भावनाको पनि संकेत गरेको बताए।

‘हामी राजपालाई स्वागत गर्न सधैं तयार छौं, अरू निर्णयमा उसैको सार्वभौमिक अधिकार हुनेछ,’ बाँस्कोटाले भने।