राजपाका दुई जना केन्द्रीय नेता जेल चलान - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

राजपाका दुई जना केन्द्रीय नेता जेल चलान



जनकपुर – राजपाका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन्। सरकारी कागज किर्ते गरेको आरोप आरोपमा पूर्वसांसद एवं राजपाका केन्द्रीय सदस्य बीपी यादव भनिने विश्वनाथ प्रसाद यादव र हरिनारायण मण्डल पूर्पक्षका लागि जेल चलान भएका हुन्।

यादव र मण्डलका साथै पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई पनि अदालतले पूर्पक्षको लागि कारागारमा राख्न आदेश दिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासले यादव, मण्डल र गोइतलाई सोमबार पूर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो।

सप्तरीको अग्निसाइ र कृष्णवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गरेको सडक निर्माण योजनाका लागि किर्तेगरी उपभोक्ता समिति गठन गरेको र सरकारी कार्यालयको कागजात किर्ते गरेको आरोपमा राजपा केन्द्रीय सदस्यद्वय यादव र मण्डल ५ वैशाखमा पक्राउ परेका थिए।

गोइतले केन्द्रीय सदस्य यादव र मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात किर्ते गरी भ्रष्टाचार गरेको आरोप छ।