किन टुक्रियो राजपा ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

किन टुक्रियो राजपा ?



राष्ट्रिय जनता पार्टी राजपाले शुक्रबार आफ्नो प्रथम स्थापना दिवस मनाउँदै गर्दा असन्तुष्ट नेताहरुले बेग्लै पार्टी घोषणा गरेका छन् ।

६ मधेसकेन्द्रित दल मिलेर गत बर्ष वैशाख ७ कै दिन राजपा गठन गरेका थिए ।

नेता महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना, राजकिशोर
यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो ।

राजपा नेता महतोले जनभावनाअनुसार ६ पार्टी एक भए पनि संगठनलाई अझै एकीकृत गर्न बाँकी रहेको भन्दै आगामी बर्ष संगठन र राजनीतिक मुद्धालाई प्रभावकारी बनाउने प्रण स्थापना दिवसमा गरिएको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।