पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुको रहस्य यस्तो

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसँगै थाइल्याण्डको ब्याङ्कक प्रस्थान गरेका छन्।
थाइ एयरवेजको उडानबट त्यसतर्फ लागेका पूर्वराजा शाह त्यहाँ करिव एक महिना रहनेछन्।
स्रोतका अनुसार, उनी दुई नातिनीहरुको ग्य्राजुएसन कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका हुन्।
छोरा पारश शाह–बुहारी हिमानी शाहका दुई छोरीहरु पूर्णिका र कृतिका त्यहाँको एक विद्यालयमा मेडिकल साइन्स अध्ययन गरिरहेका छन्।
‘नातिनीहरुको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका उनीहरु त्यसतर्फ लागेका हुन्’ निर्मल निवास स्रोतले भन्यो, ‘त्यसक्रममा घुमघाम पनि गर्ने कार्यक्रम छ।’
थाइएयरको विमानबाट ब्याङक्क तर्फ लागेका पूर्व राजदम्पती अगाडि नै बुहारी हिमानी दुई छोरीहरुका साथ त्यहाँ पुगिसकेकी छन्।
स्रोतका भनाईमा, ब्याङ्कक र वरिपरि घुम्ने योजनाका साथ त्यसतर्फ लागेका पूर्वराजाका साथमा केही शाही नातेदारहरु पनि हुनेछन्।
उनी कहिले फर्कन्छन्, त्यसको टुङ्गो लागेको छैन। स्रोतले भन्यो, ‘दुई हप्तादेखि १ महिनासम्म उतै रहनुहुन्छ होला।’

