राजा आऊ देश बचाऊ भन्दै झापामा जनसागर - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राजा आऊ देश बचाऊ भन्दै झापामा जनसागर



बुधबारे- पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर र इलामको भ्रमण सकेर झापा प्रवेश गर्ने वितिक्कै झापाको बुधबारेमा नारा लाग्यो, ‘राजा आउ देश बचाउ’।

बिहीबार इलामबाट झापा आउने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सर्वसाधारण झापाको बुधबारेमा जम्मा भएका थिए।

बुधबारेमा रहेको राम जानकी मन्दिरमा उनले पूजा अर्चना गर्नुका साथै सर्वसाधारणका गुनासा सुनेका थिए।

पूर्व राजा ज्ञानेन्द्र करिब डेढ महिनादेखि झापाको दमकलाई केन्द्रविन्दु बनाएर पूर्वी तराईको भ्रमणमा व्यस्त रहेका छन्।