केरुङ-काठमाडौं रेल एक दशकमा पनि आउंदैन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

केरुङ-काठमाडौं रेल एक दशकमा पनि आउंदैन



काठमाडौं -केरुङ काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन् । साझा–विवेकशील पार्टीले शनिबार गरेको केरुङ काठमाडौं रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थवीद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभईकन हतार गर्न नहुने बताएका हुन् ।

रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको भन्दै उनले पहिलो प्राथमिकता सडक सञ्जालको विस्तारलाई दिन सुझाव दिए ।

अर्थविद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसँगको निर्भरतालाई जोखिमयुक्त मान्ने भन्दै विकल्प खोज्नु आवश्यक भए पनि केरुङ काठमाडौं रेल मार्ग निर्माण पूर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताए ।

साझा–विवेकशील पार्टीका प्रवक्तासमेत रहेका पूर्वाधारवीद् डा. सूर्यराज आचार्यले केरुङ काठमाडौं रेल सञ्चालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए । रेलमार्गले ल्याउने भू–राजनीतिक तरंगलगायतका विषयमा वस्तुगत बहस गर्नुपर्नेमा उनको जोड छ ।