राहत सामाग्री लिएर धुर्मुस हावाहुरी प्रभावित क्षेत्र बारा पुगे - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राहत सामाग्री लिएर धुर्मुस हावाहुरी प्रभावित क्षेत्र बारा पुगे



काठमाडौं– कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर उनी बारा पुगेका हुन् । उनले फाउन्डेसनको तर्फबाट हावाहुरी प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लगेको बताए ।

धुर्मुसले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाले मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।