बर्दगाेरियाका युवाद्धारा राहत वितरण
कैलाली । बिश्वब्यापी महामारीको रुपमा फैलिएकाे कोरोना भाइरस (काेभिड-१९) को कारण लकडाउनमा घरमै बसेर बिहान साँझ के खाने भन्ने समस्यामा परेका बर्दगोरिया गाउँपालिकाका अति बिपन्न परिवारहरुलाइ बर्दगाेरिया गाउपालिकाका युवाहरुको एक समुहले खाद्यान्न सामाग्री बितरण गरेको छ ।
युवाहरुकाे साे समुहले अापसमा संकलन गरेको दैनिक उपभाेग्य खाधान्न सामाग्री गाउपालिका काे वडा नम्बर २ अन्तरगत काे बर्दगाेरिया,कुम्भिया लगायतका क्षेत्रमा रहेका अति बिपन्न ,दैनिक ज्यालामजदुरि गरेर खाने परिवारका सदस्य हरु लाई साे सामाग्री हस्तान्तरण गरियकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर १ का युवा समाजसेवी अजय मल्लले जानकारी दिए ।
मल्लका अनुसार साे समुहले हाल सम्म गाउपालिका भित्र का विभिन्न ४४ बिपन्न र ज्यालामजदुरि गरिखाने परिवारलाई सहयोग गरेको जानकारी गराउदै ७० घर परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिए ।