गोरेको बयानले झनै रहस्यमय बन्यो सुनकाण्ड ! - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

गोरेको बयानले झनै रहस्यमय बन्यो सुनकाण्ड !



सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुभबार बयान लिएको छ ।

बयान लिने काम विहीबार पनि जारी रहनेछ ।

गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ ।

ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ ।

गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ ।

पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ, स्रोतले भन्यो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।