गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व संकलन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व संकलन



गुल्मी : पछिल्लो चार महिनाको अवधिमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । श्रावण मसान्तदेखि कार्तिक २६ गते सम्म सरदर दैनिक २५ जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल दशै विदा सकिएपछि र तिहार विदा सकिएपछि विहान आठ वजेदेखि साँझ ८ वजेसम्म पनि प्रशासनमा खटेका थिए । अर्यालयका अनुसार असार मसान्तदेखि कार्तिक २५ गते सम्म ८३ लाख ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ ।

जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार श्रावण महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार, दशैको समयमा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो ।

कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए । उक्त दिन सवै भन्दा बढि २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एक दिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्र.जि.अ अर्याल बताउछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ ।

आमाले घर छाडेर विदेश हिडेका तिन चार वर्षका वालवालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् । करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशासनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।

यकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्तीपछि मात्र सार्वजानिक गर्ने बताएको छ । राजस्वसंगै गुल्मीमा रेमिट्यान्स पनि मासिक रुपमा करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् ।

गाउँ गाउँमा पनि सहरीया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थित भान्छा कोठा सहितको ग्याँस चुलो, टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण वस्ती रहन थालेका छन् ।
एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । प्रायः धेरैको हातमा महँङ्गा मोवाईले देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा विश्वासको कमी भने निम्ताएको छ ।