रघुवीर महासेठ भन्छन्: एमालेले निर्वाचनमा इतिहास रच्‍नेछ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रघुवीर महासेठ भन्छन्: एमालेले निर्वाचनमा इतिहास रच्‍नेछ



काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्‍ने दाबी गरेका छन् ।

उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरूको संज्ञा दिए ।

उनले अहिलेको सत्ता गठबन्धन देश र जनता अनुकूल नभएको तथा लोभी पापीहरू र राष्ट्रघातीहरूको गठबन्धन आरोप लगाए ।

महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होइन ? भन्दै प्रश्न गरे ।

उनले गठबन्धनका नेताहरू प्रचण्ड र माधव नेपालहरूले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताए ।