नेकपाले रघुवीर महासेठ र प्रभु शाहलाई कारबाही गर्ने हिम्मत गर्ला ? - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

नेकपाले रघुवीर महासेठ र प्रभु शाहलाई कारबाही गर्ने हिम्मत गर्ला ?



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका विवाद झनै चुलिने सङ्केत देखिएको छ । १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभु शाहसहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेपछि यस्तो अवस्था आएको हो ।

प्रदेश २ मा देखिएको विवादले उग्र रुप लिने निश्चित भएपछी नेतृत्व यतिबेला यो गर्ने कि त्यो गर्ने भन्ने अन्योलमा छ । पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म प्रदेश २ मा भएको काण्डले २ खेमा देखिएको छ ।

प्रदेश २ बाटै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिरुद्ध बिद्रोह गर्ने चेतावनी आएपछि माहोल थप जटिल भएको नेकपाका एक नेताले बताए ।

प्रभु शाहसहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गर्दै केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टी बनाउने भन्दा पनि पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । विधान, नियमावली, निर्दे्शिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

१९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पनि विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै कारबाही गर्न माग गरेका छन् ।