महासेठ २० महिना मन्त्री हुँदा कसरी जोडे थप सवा अर्ब सम्पत्ति ? - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

महासेठ २० महिना मन्त्री हुँदा कसरी जोडे थप सवा अर्ब सम्पत्ति ?



काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सवा अर्व रुपैयाँ आम्दानी गरेका छन्।

भ्रष्ट छवि बनाएका महासेठले विभिन्न आयोजनाबाट कमिशन लिएर २० महिनामा सवा एक अर्ब रुपैयाँ आम्दानी गरेका खबर आजको साँघु साप्ताहिकले छापेको छ।

उनको व्यवहार र कार्यशैलीबाट वाक्कदिक्क भएका उनको क्षेत्रका नागरिकले उनी मन्त्रीबाट वर्खास्त भएको दिन दीपावली नै गरेका छन्। नेकपाका कार्यकर्ताले खुसीयालीमा मिठाईसमेत बाँडेका छन्।

महासेठको क्षेत्रका पत्रकार मिथिलेश साह भन्छन्, ‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गर्यौ। तर महासेठले तीन चार जना कार्यकर्तालाई मात्र साथमा लिएर स्थानीयबासीप्रति गलत व्यवहार र धम्की दिने काम गरिरहे। ती मन्त्रीका मान्छेले पनि दादागिरी मञ्चाउँदै दुःख दिए। त्यसैले उनलाई मन्त्रीबाट हटाउँदा हामी खुसी भएका छौँ।’

महासेठले विभिन्न आयोजनाको फाइल रोक्ने, म्याद नथप्ने, रेल विभागको टेन्डर सम्झौता, राजनीतिक नियुक्ति र सरुवा बढुवाबाट सवा अर्ब रुपैयाँ आम्दानी गरेका हुन्।