राधा चौधरीमाथी बोक्सीको आरोपमा फेरि कुटपिट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

राधा चौधरीमाथी बोक्सीको आरोपमा फेरि कुटपिट



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -५ कि २० वर्षिय राधा चौधरीलाई फेरी बोक्सीको आरोपमा कुटपिट गरिएको छ।

यसअघि पनि गत फागुन २४ गते देशभर विभिन्न कार्यक्रम गरि नारी दिवश मनाइरहेकै बेला घोडाघोडी नगरपालिका- ५ देवकलियकी २० वर्षिय राधा चौधरीलाई भोलेबाबा भनिने राम बहादुर चौधरी सहित ३ जनाले बोक्सी आरोपमा कुटपिट गर्दा पक्राउ परि सजाय भोगिरहेका बेला बुधबार फेरि लक्ष्मी पुजाका दिन राधामाथी स्थानीय कालीचरण चौधरीले कुटपिट गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले जानकारी दिए ।

कुटपिटमा संग्लन कालीचरणलाई ईलाका प्रहरी कार्यालय सुखडले बुधबार नै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख जोशीले हिमाल पोस्ट लाई जानकारी दिए । फाइल तस्बिर :