रविन्द्र मिश्रले भने: खराब प्रवृत्तिहरु एक भए - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

रविन्द्र मिश्रले भने: खराब प्रवृत्तिहरु एक भए



काठमाडौं– हिंजो भएको पार्टी एकतालाई लिएर विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।उनले एकतालाई लिएर खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्।

शुक्रबार सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै संयोजक मिश्रले शक्ति बदलिएको तर राजनीतिक दल तथा नेताहरुमा सोच र आचरण नबदलिएको आरोप लगाएका छन्।

मिश्रले यो एकताले खराब प्रवृत्तिलाई हटाई असल प्रवृतिलाई उजागर गर्न सकोस् भन्ने शुभकामना पनि दिएका छन्। मिश्रले ट्विटमा लेखेका छन्,

‘एमाले, माओवादी एकता प्रकरणः शक्ति बदलियो। सोच र आचरण बदिलिएको छैन। पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्। खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झनै जब्बर बन्नसक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस्– नेपालको जय होस्! धेरै–धेरै शुभकामना!’