गरेरै छाड्ने, परिर्वतन हेरेरै मर्ने रविन्द्र मिश्रको अठोट - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

गरेरै छाड्ने, परिर्वतन हेरेरै मर्ने रविन्द्र मिश्रको अठोट



काठमाडौँ ।

देशका धेरै स्थान मध्ये सबै भन्दा बढी चाँसोले हेरिएको ठाउँ काठमाडौँ १ बाट झिनो मतले पराजित भएका रविन्द्र मिश्रले १०११८ मत पाए । गणेशमान सिंहका छोरा त्यसैमाथि हरेक पटक उनैले जित्दै आएको ठाउँमा छोटो समयमा उनले प्राप्त गरेको मत निकै धेरै हो ।

काँग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ १ मा विवेकशील साझाका उम्मेदवार रहेका रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद पनि  दिएका छन् ।

मिश्रले काँग्रेस नेता सिंहलाई फोन गरेर नै बधाई दिएका छन् । सायद यो संस्कारले पनि रविन्द्रलाई अब्बल देखाएको छ ।

मिश्रले आफूहरुको अठोटमा सबैको साथ र समर्थन रहेन विश्वास व्यक्त गर्दै भनेका छन्, ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

रविन्द्र मिश्रले भनेका छन्’ नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा सम्भवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन, अब देशभरि अभिव्यक्त सद्भावलाई सङ्गठनमा बदलेर अर्को चुनावपछि देशको नेतृत्व गर्न आफूहरुलाई तयार पार्नु हाम्रो चुनौती हो ।