खेमराज पौडेलले भने: रविन्द्र अधिकारीमाथि अन्याय भएको छ - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

खेमराज पौडेलले भने: रविन्द्र अधिकारीमाथि अन्याय भएको छ



पोखरा । कास्की २ बाट कांग्रेस उम्मेदवार बनेका खेमराज पौडेलले स्वर्गीय रवीन्द्र अधिकारीको तुलना अहिलेका कम्युनिष्टहरुसंग गर्न नसकिने बताएका छन्। उम्मेद्वारी दर्ता गर्दै उनले अधिकारीमाथि सरकारले अन्याय गरेको पनि बताएका छन्।

आफू ५ हजार मतअन्तरले जित्ने दाबी गर्दै उनले रविन्द्र अधिकारी भएको भए मिलेर जान सकिने बताउँदै उनी दलीय स्वार्थभन्दा माथि रहेको बताए। उनले अघि भने, ‘वाइड बडी भनेर आयोग गठन भयो । प्रधानमन्त्रीज्यूले निर्दोष छ भन्नुभयो । कम्तीमा सत्यतथ्य बाहिर आउनुपर्थ्यो । सरकारले उनीमाथि अन्याय गर्ने काम गरिराखेको छ ।’

रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपचुनाव हुँदैछ। चुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रविन्द्रकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पाका नेता पौडेललाई ।