हृदयेन्द्रलाई नेपालको राजा बनाउने रवीन्द्र मिश्रको धोको - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

हृदयेन्द्रलाई नेपालको राजा बनाउने रवीन्द्र मिश्रको धोको



विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै उनलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका गरेका छन् ।

समाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले लेखेका छन्, -‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’

मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एकदिन राजाको आवस्यकता महसुस गर्ने आँकलन गरेका छन् ।