अज्ञात समुहद्वारा बुटवलका सुवेदिमाथि खुकुरी प्रहार

बुटवल । बुटवलको कालिका नगरका रबिलाल सुवेदी माथी अज्ञात समुहले खुकुरी प्रहार गरेको छ ।
भैरहवा बाट बुटवल आउनका लागि भैरहवा स्थीत बुद्धचोकमा सवारी साधन पर्खि रहेका सुवेदी माथी आईतवार सांझ अज्ञात समुहले खुकुरी प्रहार गरेको बताइएको छ ।
उक्त समुहको आक्रमणबाट घाईते सुवेदीको मणिग्राम स्थीत क्रिमसन अस्पतामा उपचार भई रहेको बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष राम चन्द्र्र खनालले बताए ।
सुवेदीको हात र खुट्टामा चोट लागेको छ । समाजिक कार्यमा समेत सक्रिय सुवेदी बुटवलको कालिका मन्दीर सञ्चालक समितीका सदस्य हुन । घटनामा सम्लग्नहरुको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

