रवि लामिछानेबारे संसदमै उठ्यो प्रश्न, गृहमन्त्रालय सक्षम नभएको आरोप - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

रवि लामिछानेबारे संसदमै उठ्यो प्रश्न, गृहमन्त्रालय सक्षम नभएको आरोप



काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले कानूनी राज्यलाई भीडतन्त्रले चुनौती दिएको बताए ।

‘कानुनको राज्य, विधानको शासनलाई कसैले चुनौती दिन मिल्छ कि मिल्दैन ? लोकतन्त्र भनेको भीडतन्त्र हो ?’ सांसद सापकोटाले प्रश्न गरे ।

केहि दिनयता लामिछाने प्रकरणसँग जोडिएर सामाजिक सञ्जाल लगायतमा अवाञ्छित गतिविधि भइरहेको भन्दै सापकोटाले त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? भन्दै प्रश्न गरे ।

उनले यसबारेमा सरकारको धारणा संसदले जानकारी पाउनुपर्ने बताए ।

सार्वभौम सत्ताले कानून बनाएको भन्दै उनले त्यसलाई कार्यान्वयन गराउन सरकार किन पछि परिरहेको छ भन्दै प्रश्न गरे ।