रवि लामिछानेले गरे राजनीतिमा आउन सक्ने सङ्केत - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रवि लामिछानेले गरे राजनीतिमा आउन सक्ने सङ्केत



चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइँदो रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पनि पूरा गर्ने बताए ।