रविलाई राजावादीको साथ- चितवनमा पनि सहयोग गरेको खुलासा (भिडियो) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रविलाई राजावादीको साथ- चितवनमा पनि सहयोग गरेको खुलासा (भिडियो)



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले टिभी प्रस्तोता रवि लामिछाने पक्राउ पर्दा चितवनमा राजावादीहरुले ठूलो साथ दिएको दाबी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् ।

उनले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा के भने ? भनेर कुनै महत्व नराख्ने जिकिर गरे । उनले भने, प्रचण्ड बोलक्कड मान्छे हो । उनले के भने भनेर कुनै महत्व राख्दैन् ।’ त्यस्तै उनले नेकपाको सरकारले कुनै पनि हालतमा विकास र समृद्धि हासिल गर्न नसक्ने ठोकुवा समेत ठोकुवा गरेका छन् । लोहनीले सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गरेको जिकिर गर्दै विकास गर्न नसक्ने बताएका हुन् । सत्तारुढ दल नेकपाले नै देश विगारेको आरोप लगाउँदै उनले केपी ओली नेतृत्वको सरकारलाई नालायक भनेका छन् । लोहोनीले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालकोसमेत सम्पत्ति छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी अहिलेका मन्त्रीहरु सबै भ्रष्ट भएको उनले बताए । अकुत सम्पत्ति कमाउने सबैलाई जेल हाल्नुपर्छ भन्दै उनले अख्तियारले खुट्टा कमाउन नहुनेमा जोड दिए । लोहनीले अब देशमा राजसंस्था ल्याउनुपर्ने र हिन्दुराष्ट्र बनाउनुपर्ने पनि बताएका छन् ।