पुडासैनी प्रकरणमा नयाँ मोड : रवि लामिछानेसहित तीनै जनालाई थुनामा राख्न निवेदन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पुडासैनी प्रकरणमा नयाँ मोड : रवि लामिछानेसहित तीनै जनालाई थुनामा राख्न निवेदन



काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले नयाँ मोड लिने देखिएको छ । चितवन जिल्ला अदालतले धरौटीमा छाडेका टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गरिएको छ ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको जनाइएको छ ।

सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।