रवि लगायत ३ जनाविरुद्ध प्रमाणसहित मुद्दा: अब के होला ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रवि लगायत ३ जनाविरुद्ध प्रमाणसहित मुद्दा: अब के होला ?



चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा मुद्दा दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै उपरीक्षक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताए । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजायँ हुन्छ ।