रवी लामिछानेलाई गार्ड भेट्न दिएको भन्दै इन्स्पेक्टरमाथि कारबाही - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

रवी लामिछानेलाई गार्ड भेट्न दिएको भन्दै इन्स्पेक्टरमाथि कारबाही



राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङसँग हिरासतमा भेट गरेपछि प्रहरी निरीक्षकमाथि कारबाही गरिएको छ ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङसँग हिरासतमा भेट गरेको तस्वीर सार्वजनिक भएपछि दरबारमार्गका प्रहरी निरीक्षक बिकास तामाङमाथि कारबाही गर्दै रानीपोखरी तानिएका छन् ।

सो तस्वीर सार्वजनिक भएपछि प्रहरीले सोमबार छानबिन समितिसमेत गठन गरेको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हिरासतमा रहेका व्यक्तिसँगको लामिछानेको तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । गुरुङ प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । उनीमाथि प्रहरीले अभ्रदव्यवहार कसूरमा अनुसन्धान गरिरहेको छ ।