नियतवश मलाई फसाउन खोज्दैछन् यहाँ:रवि लामिछाने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नियतवश मलाई फसाउन खोज्दैछन् यहाँ:रवि लामिछाने



काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको अनुसन्धानको क्रममा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगको अन्तर्वार्ता बाहिर आएको छ । भदौ ४ गते बुधबार बिहान पत्रकार टेकनारायण भट्टराईले लामिछानेसँग लिएको अन्तर्वार्ता पत्रकार भट्टराईकै युट्युव च्यानलमा शुक्रबार दिउँसो अपलोड भएको छ ।

अन्तर्वातामा रवि लामिछानेले आफूले केही गल्ती नगरेको भए पनि म्याद थपेर आफूलाई फसाउन खोजेको बताएका छन् । त्यस्तै, शालिकरामले आत्महत्या अघि रेकर्ड गरेको भिडियो कसरी चोरी भयो भने प्रश्न समेत गरेका छन् । अनुसन्धान आफूलाई फसाउनेतर्फ केन्द्रित भएको भन्दै लामिछानेले एसपी दानबहादुर मल्लको अन्डरमा भएको अनुसन्धानमाथि अविश्वास प्रकट गरेका छन् ।