कतारमा पुस्कल र चन्दाले धमका मच्चाउने । - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कतारमा पुस्कल र चन्दाले धमका मच्चाउने ।



ओम प्रकाश बानियाँ /दोहा कतार

विश्व भरिको श्रमिकहरुको हक हितको लागि आवाज उठाउदै आएको स्थापित सस्था जिफन्टले २०१८ जनवरी ५ मा बिभित सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सनैया स्थित डल्ला डाईभिङ सेन्टरको सभाहलमा हुने सो कार्यक्रमको लागि प्रमुख अतिथि जिफन्ट सदस्य भर्खरै निर्वाचित समानुपातिक सासद, जिफन्ट काउनसिलिङ सदस्य बिन्दा पान्डे क्युपेक नेपाल उप महासचिव स्मृति लामा र बिशेष अतिथिमा जिफन्ट सचिव दिपक पौडेलको उपस्थिति रहनेछ भने विभिन्न देश बाट जिफन्टका प्रतिनिधिहरु अतिथिको रुपमा आउनेछन । कार्यक्रमको ८५ % काम सम्पन्न भैइ सकेकोले अब केहि काम मात्रै बाकी रहेको कुरा का. व. अध्यक्ष उज्जल विस्वकर्माले जानकारी दिए ।

सो कार्यक्रमको लागि नेपाल बाट चर्चित गायक गायिकाहरु क्रमश: तारा श्रीस मगर, गायक तथा मोडल पुस्कल शर्मा, बिष्णु श्रीपाली, मोडल चन्दा दाहाल, गायिका देविका केसी तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने कलाकार समयोजक दिनेश कट्वालले जानकारी दिए ।

उक्त कार्यक्रमलाई प्रवासी नेपाली मञ्चले समन्वय गर्ने छ । जिफन्ट अहिले २२ वटा देशमा स्थापित भै सकेको छ ।