कतारमा खी-ल्होसार - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

कतारमा खी-ल्होसार



ओम प्रकाश बानियाँ /दोहा, कतार

तमु गुरुङहरुको महान् पर्व खी-ल्होसारको अवसरमा तमु (गुरुङ) समाज कतारले खी ल्होसार स्यो कै एवम् बृहत् सास्कृतिक कार्यक्रम समपन्न गरेको छ ।

सनैया स्थित डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा सञ्चालन उक्त कार्यक्रमको सभापतित्वमा रस गुरुङ, प्रमुख अतिथिमा नेपाली नियोगका सचिव हरि अर्याल विशेष अतिथि र अतिथिहरु एन एर एन ए कतार अध्यक्ष नवीन पोख्रेल, आई सी सी सदस्य बिमल सुवेदी, टी बी कार्की, कमल मणी गुरागाई, शनि कुमार ओली, माया केसी लगायत दोहामा स्थापित सङ्घ संस्था, राजनीतिक दलका भातृ सङ्गठन, जातीय पार्टीका प्रतिनिधि, पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रम:

एन एर एन ए ६०औं बैठक बाट मनोनीत मानर्थ परिषद् सदस्य टीवी कार्की, कमल मणी गुरागाई, नरेन्द्र भाट, दिल गुरुङ, महेन्द्र चौलागाईं, डा. काजी डगोल लाई सस्थाले सम्मान गरेको छ । त्यस्तै विनोद भट्टराई, देवीका केसी गुरुङलाई समेत उक्त कार्यक्रम बाट सम्मानित हुनु भएको छ ।

सास्कृतिक कार्यक्रम:

उक्त कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नेका लागि नेपाल बाट अतिथि कलाकार एवम् दोहाका स्थानीय कलाकारहरूको उपस्थिति रहेको थियो । नेपाली तथा गुरुङ चलचित्रका चर्चित नायिका तथा मोडल रजनी गुरुङ, बहुचर्चित नेपाली हास्य टेलिशृङ्खलाका चर्चित पात्र मंगली, चर्चित लोक गायक/मोडल गगन गुरुङ तथा चर्चित लोकगायिका देवीका के. सी. गुरुङ सहित स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले गुरुङ समाजले कतारमा खेलेको भूमिका अतुलनीय रहेको बताउँदै आफ्नो सस्कृती प्रवासमा समेत जोगाउन सफल हुनु भएकोमा सस्थाको प्रशङ्सा गर्नु भयो । गुरुङ समाजले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गरोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।

गुरुङ समाजले भुक्म्प पीडित, बाढी पहिरो पीडित, आपत् विपतमा पर्दै आएका नेपालीहरूलाई सहयोग गर्दै आएको कुरा संरक्षक बुदबल गुरुङले बताउनु भयो ।