कतारमा जिफन्टले सांस्कृतिक कार्यक्रम गर्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कतारमा जिफन्टले सांस्कृतिक कार्यक्रम गर्ने



ओम प्रकाश बानियाँ/दोहा कतार

विश्व भरीको श्रमिकहरूको हक हितको लागि आवाज उठाउदै आएको स्थापित संस्था जिफन्टले २०१८ जनवरी ५ मा बिभित सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सनैया स्थित डल्ला डाईभिङ सेन्टरको सभाहलमा हुने सो कार्यक्रमको लागि प्रमुख अतिथि एमाले नेतृ भर्खरै निर्वाचित समानुपातिक सासद, जिफन्ट काउनसिलिङ सदस्य बिन्दा पान्डे र विशेष अतिथिमा जिफन्टमहासचिव विष्णु लम्सालको उपस्थिति रहनेछ भने विभिन्न देश बाट जिफन्टका प्रतिनिधिहरू अतिथिको रूपमा आउनेछन । कार्यक्रमको ८५ % काम सम्पन्न भैइ सकेकोले अब केही काम मात्रै बाकी रहेको कुरा का. व. अध्यक्ष उज्जल विश्वकर्माले खबर बिटलाई जानकारी दिए ।

सो कार्यक्रमको लागि नेपालबाट चर्चित गायक गायिकाहरु क्रमशः: तारा श्रीस मगर, गायक तथा मोडल पुस्कल शर्मा, विष्णु श्रीपाली, मोडल चन्दा दाहाल, गायिका देवीका केसी तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिने कलाकार समयोजक दिनेश कट्वालले जानकारी दिए ।

उक्त कार्यक्रमलाई प्रवासी नेपाली मञ्चले समन्वय गर्ने छ । जिफन्ट अहिले २२ वटा देशमा स्थापित भई सकेको छ ।