आइसआइसका कमाण्डर कुरेशीलाई मारेर अमेरिकी सैनिक फर्किए: जो बाइडेन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आइसआइसका कमाण्डर कुरेशीलाई मारेर अमेरिकी सैनिक फर्किए: जो बाइडेन



काठमाडौँ- इस्लामिक स्टेटका कमाण्डर इब्राहिम अल हाश्मी अल कुरेशी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेलने इस्लामिक स्टेटकाकुरेशी मारिएका दाबी गरेका छन्।

सिरिया हवाई हमलामा उनी मारिएको बाइडेनले बताएका हुन् । उनले अमेरिकी सैनिकको बहादुरीको प्रशंशा गर्दै सलाम समेत गरेका छन् ।

शुरुमा यस हमलामा १३ जना सर्वसाधारण मारिएको खबर आएको थियो। त्यसपछि बाइडेनको यस्तो बयान आएको हो। तर, न्यूयोर्क टाइम्सले बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै इब्राहिम मारिएको दाबी गरे पनि उनी आफ्नै बमको शिकार भएको बताएका छन्। यस क्रममा उनकी श्रीमती र छोराछोरी पनि मारिएका भनिएको छ।

‘हाम्रा सैनिकहरूको बहादुरीलाई सलाम। हामीले अबु इब्राहिम अल हाश्मीलाई युद्धको मैदानमा मार्‍यौं। उनी ISIS का नेता पनि थिए। त्यो अपरेशनपछि सबै अमेरिकी सैनिकहरू सुरक्षित रूपमा आफ्नो आधारमा फर्किएका छन्,’ बाइडेनले भनेका थिए।

उत्तरी सिरियामा गरिएको यो अपरेशन हेलिकप्टरबाट आएका २४ अमेरिकी कमाण्डोले गरेका थिए। यस क्रममा रिपर ड्रोन पनि प्रयोग गरिएको जनाइएको छ। सन् २०१९ मा पनि यस्तै अपरेशन गरिएको थियो। जसमा ISIS का नेता अबु बकर अल बग्दादी मारिएका थिए।