कतारमा नेपालीको मृत्यु - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कतारमा नेपालीको मृत्यु



काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो ।

राति सुतिरहेका दवाडीलाई छटपटाइरहेको देखेपछि साथीहरुले उपचारका लागि अस्पताल पु¥याएका थिए ।

दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए। आमा–बाबुको ३ महिनाको अन्तरमा निधन भएको थियो ।

मृतक दवाडीको श्रीमती, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन्। उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।