कतारमा बबिता बानियाँ 'जेरी' को धमाका - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

कतारमा बबिता बानियाँ ‘जेरी’ को धमाका



ओम प्रकाश बानियाँ

गोर्खा सेवा समाज कतारले आफ्नो १४ औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । साहनिया स्थित अर्ल पार्कमा भएको सो कार्यक्रममा नेपाल बाट रास्टिय कलाकार बबिता बानियाँ जेरी, चिज गुरुङ, र भावना आचार्य एवम् स्थानीय कलाकार हरुको प्ररस्तुति रहेको थियो ।

सस्थाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एन एर एन ए आई सी सी मध्य पूर्व अध्यक्ष आर के शर्मा प्रमुख अतिथिको रूपमा उपस्थिति हुनुहुन्थ्यो । विशेष अतिथि र अतिथि हरुमा टीवी कार्की, कमल मणी गुरागाई, विमल सुवेदी, नरेन्द्र भाट, चानक पोख्रेल, मोहमद अजिज अलि, सागर नेपाल, हुसेन खान, लेख कार्की लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रामजी खत्री द्वारा स्वागत मन्तव्यले सम्पूर्ण अतिथिहरु स्वागत गरे सँगै कार्यक्रम औपचारिकता तिर ढल्केको थियो । कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो कार्यक्रम शुभकामना मन्तव्यको थियो भने दोस्रो कार्यक्रम सास्कृतिक कार्यक्रम राखिएको थियो ।

जेरीको धमाका:
लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरीले दर्शक तथा श्रोतालाई भरपुर मनोरञ्जन गराएकी थिइन । दर्शकहरु जेरीको प्रस्तुति हेर्ने हतारिएका थिए । उनीले आफ्नो जिल्ला गोर्खाको लागि लेखेको गाना पहिलो पल्ट सो कार्यक्रममा सुनाईन । उक्त गाना चिज गुरुङ र बबिता बानियाँको स्वरमा गाईएको थियो । हलको पछाडि पट्टी बाट जेरी-जेरीको आवाज आएको थियो । उनले लोक गीत, दोहोरी एवम् नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएकी थिइन ।

प्रमुख अतिथि आर के शर्माले गोर्खा समाज कतारले नेपाल र नेपालीको लागि खेलेको भूमिका अतुलनीय छ भन्दै सस्थाको प्रसङ्ग गर्नु भयो । सस्थाले भोलिको दिनमा पनि यस्तै प्रभावकारी भूमिका खेल्न आग्रह समेत गर्नु भयो । गोर्खा सेवा समाज कतारलाई एन एर एन ए को तर्फबाट र मेरो ब्याक्तीगत तर्फबाट जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको वचन व्यक्त गर्नु भयो ।

सस्थाले जिल्लाको अस्पताल, शिक्षा, प्राकृतिक प्रकोप जस्ता भई परी आउने विपत्तिको लागि २५ लाखको अक्षय कोष स्थापना गरेको कुरा सस्थाका अध्यक्ष राकेश श्रेष्ठले बताउनु भयो । सस्थाले गोर्खावासी र गैर गोर्खा वासीलाई जहिले पनि सहयोग गर्ने र अरू सस्थाहरु बाट पनि सधैँ यस्तै सहयोगको अपेक्षा रहेको कुरा श्रेष्ठले बताउनु भयो । श्रेष्ठले कार्यक्रमलाई भव्य र सफल बनाउन उपस्थिति हुनुभएको सम्पूर्ण अतिथि, लगायत नेपाल बाट आउनु भएको कलाकारलाई सस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो ।