कतारमा अलपत्र ४२९ युवाको उद्धारको तयारी - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कतारमा अलपत्र ४२९ युवाको उद्धारको तयारी



काठमाडौं : सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लागी पहल सुरु गरेको छ।

कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो। कतारस्थित नेपाली दुतावासका अनुसार रोजगारीका लागि कतारको हमाव विहित हालिक नामक कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र छन्।

उनीहरु कम्पनी बन्द भएपछि कम्तीमा तीन महिना र बढीमा नौ महिनादेखि तलब नपाएर अलपत्र अवस्थामा सोही कम्पनीको क्याम्पमा बसोबास गर्दै आएका छन्। कतारका लागि नेपाली नेपाली राजदुत रमेश कोइरालालले कतारमा अलपत्र अवस्थमा रहेका नेपाली युवालाई स्वदेशमा कसरी फर्काउने भन्ने विषयमा श्रममन्त्री गोकर्णराज विष्टसँग टेलिफोनमा कुराकानी भएको बताए।