प्रचण्डको निर्देशनपछि हटाइयो प्रचण्डको 'पुत्ला' - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डको निर्देशनपछि हटाइयो प्रचण्डको ‘पुत्ला’



काठमाडौं- चर्को आलोचना भएपछि नेकपा माओवादी केन्द्रको महाधिवेशनस्थलमा राखिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको (पुत्ला) ‘कटआउट’ हटाइएको छ ।

पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुला–ठुला पोस्टर र कटआउट देखेपछि प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए । प्रचण्डको उक्त निर्देशनपछि उनको (पुत्ला) ‘कटआउट’ स्वयंसेवकहरुले हटाएका छन् ।

यसरी महाधिवेशनमा व्यक्तिलाई केन्द्रित गराएर राखिएको कटआउट कम्युनिस्ट पार्टीको नीति र संस्कृतिविरुद्ध हुने भन्दै प्रचण्डले कटआउट हटाउन निर्देशन दिएको एक स्वयमसेवकले बताए ।

यसअघि एमालेको दशौं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको थियो । एमालेको सिको गर्दै माओवादीले पनि महाधिवेशनस्थलमा कटआउट राखेको भन्दै आलोचना सुरु भएको थियो ।