पुटिनलाई निम्तो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पुटिनलाई निम्तो



काठमाडौं । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणपत्र सोमबार समकक्षी रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभालाई उनले हस्तान्तरण गरे ।

भेटपछि मस्कोस्थित राजदुताबास र परराष्ट्र मन्त्रालयले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणपत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन । कान्तिपुर दैनिकमा खबर छ