पुटिनलाई झट्का, रुसका सबै खेलाडी र क्लबमाथि लाग्यो प्रतिबन्ध - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

पुटिनलाई झट्का, रुसका सबै खेलाडी र क्लबमाथि लाग्यो प्रतिबन्ध



काठमाडौं । युक्रेनमाथि हमला गरेर आलोचना खेपिरहेको रुसलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध कहिलेसम्म भन्ने खुलाइएको छैन । फिफाको यो निर्णयले रूसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा सहभागिता जनाउन नपाउने भएको छ । यसअघि फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गा बिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो।

त्यस्तै यूईएफएले रूसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता पनि तोडेको छ।