पुटिन र रुसी सेनालाई ठूलो झड्का - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पुटिन र रुसी सेनालाई ठूलो झड्का



काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई निरन्तर लखेटीरहेको दाबी गरेका छन्।

उनले युक्रेनी सेनाले सेप्टेम्बर महिनाको सुरुवातदेखि पूर्वी र दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको ६ हजार बर्ग किलोमिटरभन्दा बढी जमिन फेरि आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका हुन्।

एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफ्ना योद्धाहरु युक्रेनको भूभाग पुनः नियन्त्रणमा लिन अघि बढिरहेको बताए। रुसले उत्तर–पूर्वी खार्किभ क्षेत्रमा महत्वपूर्ण सहरको नियन्त्रण गुमाएको स्वीकार गर। रुसले युक्रेनको पूर्वी लुहान्स्क र दोनेत्स्क सहरमाथि ध्यान केन्द्रित गर्न आफ्नो सेना फेरि एकजुट हुने बताएको छ।

युद्धबाट सेना पछाडि हटेको विषयले भने रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना भइरहेको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार गत मार्चमा राजधानी किभबाट पछि हटेको रुसी सेनाका लागि यो ठूलो झड्का हुन सक्छ।