पुष्पको बिहे बर्षा सग कहिले ? - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

पुष्पको बिहे बर्षा सग कहिले ?



नायिका बर्षा राउत र नायक पुष्प खड्काको बिवाह भएको छ । यो बिवाह, अनि विवाह निश्चित भएपछि विवाह पुर्वको एक अर्काबीचको चोखो प्रेमलाई भिडियोमा निकै मज्जाले देखाईएको छ । जब आँखा आँखा बोल्छ, तब दुई धड्कन कसरी एक हुन्छ, अनि नबोलिईकनै प्रेमभाव साटिन्छ भन्ने कुरा बुझ्न यो भिडियो हेरे पुग्छ । ‘समाऊ हात मेरो’ बोलको भर्खरै सार्वजनिक यस गीति भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।

गायक किरण गजमेर र अन्जु पन्तको आवाजमा रहेको यस गीत सुन्दा झैं हेर्दा पनि निकै रमाईलो लाग्छ । यस गीतमा संगीत पुर्ण लामिछानेको छ भने शब्द हरि सुजिको रहेको छ । गीतको भिडियोलाई चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।