पुष्पकुमार शाहीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पुष्पकुमार शाहीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

नेविसंघका पूर्व उपाअध्यक्षसमेत रहेका शाहीले १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्री सदस्यमा रहने बताएका हुन्। सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा पार्टी शीर्ष नेताको आग्रहमा आफूले फिर्ता लिएको र अब आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने उनले बताएका हुन्।

‘सुदूरपश्चिम प्रदेश सभापतिको बलियो दावेदार हुँदाहुँदै पनि मैले पार्टी नेतृत्वको आग्रहलाई माने। अब मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने छ। नेविसंघमा लामो विद्यार्थी राजनीति गरेकाले अब पार्टीको मूल राजनीतिमा आउन अपरिहार्य ठानेको छु,’ उनले भने।

शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले युवा पुस्ताले समयमै राजनीतिको मूल धारमा प्रवेश गरेर उचित स्थान पाए राम्रो काम गर्ने अवसर समयमै प्राप्त हुने बताएका छन्।

‘अब पार्टीमा युवा जोसको पनि खाँचो छ। मैले अग्रत नेताहरूको सम्मान गर्दै उनीहरूका अनुभवको प्रयोग गर्दै युवा जोसका साथ काम गर्ने छु। मलाई सबै महाधिवेशन प्रतिनिधिले विश्वास गर्नेमा म विश्वस्त छु’, उनले भने। उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्।

कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधै आफू त्यसको पक्षमा रहने उनले बताए।