संसदमा कांग्रेसकी सचेतक पुष्पा भुसालको बिजोग - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

संसदमा कांग्रेसकी सचेतक पुष्पा भुसालको बिजोग



काठमाडौं– नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाललाई कोरोना सङ्क्रमणबाट विश्वमा कति प्रभावित छन भन्ने नै थाहा नभएपछि आलोचनाको शिकार बनेकी छन् ।

उनले संसदमा कोरोनाभाइरसबाट विश्वभर ६५ सय मानिसको मृत्यु भएको गलत तथ्याङ्क बताएर सरकारको चर्को आलोचना गरेपछि उनि आफै आलोचित बनेकी हुन् ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक पुष्पा भुषालले संसारभर ६५ सय मानिसको मृत्यु हुँदा पनि नेपालमा सरकारले संक्रमणको जोखिम रोक्न तयारी नै नगरेको भन्दै सरकारको चर्को आलोचना गरेकी हुन् ।

संसदको बिशेष समयमा बोल्दै भुषालले ६५ सयको मृत्यु भएको अभिव्यक्ती दिएकी हुन् । जवकी कोरोना भाइरसबाट हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

भुषालले मृतकको संख्या नै बढाएर दिएको अभिव्यक्तिले उनि नै आलोचित बनेकी छन् ।

भुषालले संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने बताइन् ।

कोरोनाभाइरसका नाममा अत्यावश्यक बस्तुहरु खाद्यन्न ग्यासँ पेट्रोलियम पदार्थ ३० प्रतिशतले मूल्य घट्दा पनि महंगोमा बिक्री भइरहेको भन्दै उनले अनुगमन प्रभावकारी बनाउनुपर्ने माग गरेकी छन् ।