एकाएक पूर्वराजाको भ्रमण स्थगित - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

एकाएक पूर्वराजाको भ्रमण स्थगित



काठमाडौं : पूर्वराज्ञा ज्ञानेन्द्र शाहले बुधबारदेखि सुरु गर्ने भनिएको मध्य तराईको भ्रमण स्थगित गरेका छन्। पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको हो।

मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताए। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुमा बडाबहारानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ। ९१ वर्षीया शाहको स्वास्थ्यमा खराबी देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।