स्वदेशी लघुवित्त पुनर्वासद्धारा सरसफाई  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्वदेशी लघुवित्त पुनर्वासद्धारा सरसफाई 



पुनर्वास,कञ्चनपुर । स्वास्थ्यका लागि सरसफाई अभियान भन्दै कञ्चनपुरको पुनर्वास स्थित आई.बि.आर.डी बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्वदेशी लघुवित्त वित्तिय संस्था शाखा पुनर्वासको आयोजनामा बुधबार आई.बि.आर.डी बजारक्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई कार्यक्रममा स्वदेरी लधुवित्तका कर्माचारी,स्थानिय बजारबासी,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,जनप्रतिनिधिहरु,विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु,सुरक्षाकर्मीहरु र पत्रकार आदिको उल्लेख्य सहभागिता रहेको थियो ।

बजार क्षेत्र सरसफाई पश्चात सो कार्यक्रम कालिका हाटबजारको हाताभित्र अन्तरकृया कार्यक्रममा परिणत भएको थियो ।

समाजसेवी लक्ष्मी लम्सालको सभाध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा पुनर्वास नगरपालिलकाका नगर प्रमूख जिवनराज थापाको प्रमूख आतिथ्य रहेको थियो भने ,स्वदेशी लघुवित्त वित्तिय संस्थाका सुदुरपश्चिम प्रदेशका अनुगमन अधिकृत पुष्ट बहादर पाण्डेको विशिष्ट अतिथ्य रहेको कार्यक्रममा विभिन्न वक्ताहरु अतिथि दिर्घामा आसिन हुनुहुन्थयो ।

प्रमूख अतिथिको आसनबाट बोल्दै नगर प्रमूख थापाले फोहोर व्यवस्थापनका लागि अब चाँडै डम्पिङ्ग साईडको व्यवस्था हुने भन्दै सम्पूर्ण वित्तिय संस्थाहरुलाई चर्को व्याज र एउटै व्यक्तिलाई एक भन्दा बढि संस्थामा आवद्ध नगराउन अनुरोध गर्नुभएको थियो । उहाँले एउटै व्यक्तिलाई धेरै समूहमा आबद्ध गराए समाजमा विभिन्न किसिमका अराजकता फैलिने हुँदा बुझेर मात्रै लगानी गर्न आग्रह पनि गर्नुभएको थियो ।

त्यस्तै अतिथिकै आसनबाट बोल्दै समाजसेवी हरि अधिकारीले सरसफाई गर्नु मेरो कर्तव्य हो भन्ने मनैबाट भावना बोके मात्रै स्वच्छ,सफा नगर बन्ने बताउनुभयो । त्यस्तै सभाध्यक्षको तर्फबाट बोल्दै समाजसेवी लम्सालले कुनै पनि विकासका लागि सरसफाई आवश्यक पर्ने हुँदा फोहारमैला व्यवस्थापनमा अरुको भर पर्नु भन्दा आफै गर्नु उत्तम हुने बताउनुभयो ।

कार्यक्रममा स्वदेशी लघुवित्त वित्तिय संस्थाले आफूहरुलाई सहज बातावरण बनाई सहयोग गर्नेहरुलाई मायाको चिनो समेत प्रदान गरिएकोे थियो ।

स्वदेशी लघुवित्त वित्तिय संस्था शाखा पुनर्वासले विगतका दिनहरुमा पनि विभिन्न स्वास्थ्य शिविर, सरसफाई जस्ता कार्यक्रमको आयोजना गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरुको आयोजना गर्ने पुनर्वास शाखा प्रमूख हेमराज अवस्थीले जानकारी दिनुभयो ।

स्वदेशी लघुवित्त वित्तिय संस्थाका सुदुरपश्चिम प्रदेशका अनुगमन अधिकृत पुष्ट बहादर पाण्डेको स्वागत मन्तव्यसागै सुरु भएको सो कार्यक्रमको सञ्चालन सामाजिक बिकास अधिकृत बिकल काफ्लेले गर्नुभएको थियोे ।