पुनर्वासमा प्याब्सन फेस्टिवल उद्घाटन - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

पुनर्वासमा प्याब्सन फेस्टिवल उद्घाटन



पुनर्वास,कञ्चनपुर । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन पुनर्वासको बार्षिक रूपमा सञ्चालन हुने प्याब्सन फेस्टिवल मङ्गलबार भब्यरूपमा उद्घाटन गरिएको छ ।

दक्षिणी क्षेत्रका १६ वटा विद्यालय सहभागी उक्त प्याब्सन फेस्टिवल कार्यक्रमको प्रथम दिन हाजिरीजवाफ प्रतियोगिता संगै सांस्कृतिक नृत्य को आयोजना गरि फेस्टिवलको उद्घाटन गरिएको थियो । करिब चार दिन सम्म सञ्चालन गरिने उक्त फेस्टिवल अायोजनामा एथलेटिक्स , रिले दौड ,भलिबल लगायतका खेलहरू खेलाईने प्याब्सन पुनर्वासका सचिव किसोर तामाङले बताए ।

पुनर्वास प्याब्सन अध्यक्ष बालकृष्ण ढकालको सभापित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नर प्रमुख जिवनराज थापा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख सारदा बिष्ट धामी , प्याब्सन पुर्व केन्द्रीय उपाध्यक्ष हिरा चन्द , सुरेश अोझा , प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बिस्वनाथ बिष्ट , प्याब्सन कञ्चनपुर अध्यक्ष माहा प्रशाद न्यौपाने लगायत रहनुभएको थियोे ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल विभिन्न विद्यालयका प्र अ शिक्षक लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा नगर प्रमुख जिवनराज थापाले निजी विद्यालयले शिक्षा क्षेत्रमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै अाएको मा शुभकामना दिंदै पुनर्वासको शैक्षिक गुणस्तरमा कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा अाफु सदैव चिन्तित रहेको बताउनुभयो ।

केही निजि विद्यालयले शैक्षिक बेरोजगारीको फाइदा उठाउदै न्यूनतम पारिश्रमिकमा श्रम शोषण गर्ने गरेको नगरमा गुनासो आउनेगरेकोले कसैले पनि श्रम शोषण गर्न नहुने थापाले प्याब्सन समिति लाई अनुरोध गर्नुभयो । नगरपालिका अन्तर्गत कार्यरत कुनैपनि कर्मचारीले कम्तीमा दस हजार तलब पाएको हुनुपर्ने नगर प्रमुख थापाले बताउनुभयो ।

आगामि चार दिनसम्म सञ्चालन हुने उक्त प्याब्सन फेस्टिवल उद्घाटन कार्यक्रम को सञ्चालन समितिका सचिव किसोर तामाङले गरेका थिए ।