पुनर्वासमा लागू औषध कारोबारी मौलाउदै ,ब्राउन सुगरसहित फेरि दुई जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पुनर्वासमा लागू औषध कारोबारी मौलाउदै ,ब्राउन सुगरसहित फेरि दुई जना पक्राउ



रञ्जित लामा

पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा ब्राउन सुगरसहित बुधबार दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई ६ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५, जाईका २५ वर्षीय आकाश चौधरी र धनगढी उपमहानगरपालिका–५ जाईंकै २४ वर्षीय दिनेश चौधरी रहेको प्रहरीले जनाएको छ ।

अनटेस्ट मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–१० दोंदा पुलबाट बेलुका ५ बजेतिर उनीहरु पक्राउ परेका थिए । ब्राउन सुगर जस्तो घातक जुन २५ मिलि ग्राममा मुद्दा चल्ने, ६ ग्राम निक्कै ठूलो परिणाम भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।

दुई साता अघि मात्रै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गोदावरी नगरपालिका–३ का २० वर्षीय प्रमोद चौधरी र धनगढी उपमहानगरपालिका–१३ का २० वर्षीय सुवास रानालाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेका थिए ।

लागू औषध नियन्त्रणमा केही दिनदेखि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो दख्खल र दक्षता देखाउँदै आएका छन् ।

नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेका हुन् ।