पुर्नवासमा लागुऔषध सहित फेरि एक जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पुर्नवासमा लागुऔषध सहित फेरि एक जना पक्राउ



‘दुई हप्तामै ११ जना लागू औषध कारोबारी पक्राउ परे!’

रञ्जित लामा
पुनर्वास, कञ्चनपुर । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले फेरि एकजनालाई लागुऔषध सहित सोमबार पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, दोंदापुलबाट नाईट्रो भ्याट ३०० ट्याबलेटसहित उनलाई साझ ६ः३० बजेतिर प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने २० वर्षीय सुरज खड्का रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आईतबार नै म्याद थपका लागि जिल्ला अदालतमा बुझाईएको प्रहरी नायब निरीक्षक गणेश खडायतले बताए ।

दुई हप्तामै ११ लागू औषध कारोबारी पक्राउ

कञ्चनपुरको पुनर्वासमा दुई हप्तामै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ११ जना लागू औषध कारोबारीलाई पक्राउ गरेका छन् ।

गत शनिबार चेकजाँचका क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, बिकासबस्तीबाट स्पास्मो नामक ७ थान क्याप्सुल र डाईलकेस १०० मिलि लिटरका नौ बोतल सहित धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय हिमाँशु जोशी र धनगढी उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय राजेन्द्र श्रेष्ठलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेका थिए ।

त्यसैगरी गत बुधबार कैलाली जिल्ला गोदावरी नगरपालिका–३ का २० वर्षीय प्रमोद चौधरी र धनगढी उपमहानगरपालिका–१३ का २० वर्षीय सुवास रानालाई १० ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका थिए । त्यसैगरी गत आईतबार दुई किलो चरेस सहित धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलका ३५ वर्षीय साने आलम र सोही टोलका ३३ वर्षीय सुनिल शर्मालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेका थिए ।
भने गत मंगलबार सरकारबाट प्रतिबन्धित लागूऔषध नाईट्रो भ्याट ट्याबलेट ५४ थान र स्पासमो ट्याबलेट २१ थानसहित कैलालीका सुनिल परियार, सागर ताम्राकार, गोमा खत्री र पूजा देउबालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नै पक्राउ गरेका थिए ।