पुनर्वासमा दुई बम, सुरक्षामा कडाइ गरिएपनि रोकिएन अबैध कारोबार र अपराधीक गतिविधि  - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पुनर्वासमा दुई बम, सुरक्षामा कडाइ गरिएपनि रोकिएन अबैध कारोबार र अपराधीक गतिविधि 



किशोर तामाङ
पुनर्वास,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिका केही बर्ष यता लागूऔषध ओसारपसार,चोरी गाडी निर्यात ,बलत्कार र हत्याराहरुको हब बन्दै गएको छ ।

एक घटना सेलाउन नपाउँदै अर्को घटना घटि रहदा पुनर्वास नगरपालिकाको सुरक्षालाई सुदृढ पार्न दुई बम ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा खटिए पनि
अपराधीक गतिविधि नियन्त्रण हुन सकेको छैन ।

पुनर्वासको शान्ती सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पुनर्वासका लागि प्रहरी निरिक्षक कर्ण बहादुर बम र बढ्दो सडक दुर्घटना नियन्त्रणका लागी प्रहरी सहायक निरीक्षक खडक बमलाई खटाईएको छ । दुई बमको सक्रियतामा केही महिना यता लागूऔषध ओसारपसार गिरोह ,मोटरसाइकल चोरी गिरोहलाई धडपकडको साथ नियन्त्रणमा लिई पुनर्वासमा पुलिस प्रशासन भएको प्रत्याभूती जनतालाई दिलाएको छ ।

जिल्लाको दक्षिणी सिमान्त पुनर्वासको त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक कर्णबहादुर बम र ट्रफिक प्रहरी सहायक निरीक्षक खडक बम आए लगत्तै लागू औषध ओसारपसार नियन्त्रण र चोरी गाडी समात्ने मा प्रहरीले एक पछि अर्को सफलता हात पार्दै आएको छ ।

पुनर्वास स्थित ईलाका प्रहरी कार्यालयले लागू औषध ओसारपसार र अपराधिक गतिविधि नियन्त्रणमा सफलता हात पार्दै आए पनि कञ्चनपुरकाे पुनर्वास स्थित नेपाल भारत सीमाबाट आइबिआरडीको बाटो प्रयोग गर्दै तस्करी खुलेयाम भइ रहँदा पनि अस्थायी प्रहरी चौकी भने रमिते बन्दा नियन्त्रण प्रभावकारी बन्न सकेको छैन ।

प्रहरी चौकी आइबिआरडीले सीमा पारीका बजारबाट अबैध रुपमा चोरीपैठारी हुँदै क्यारिङ गरि आउने सामानमा नियन्त्रण नगरे पछि सो बाटो बाट चोरीपैठारी भइ आएको अबैध सामान छिमेकी जिल्ला कैलालीको धनगढी , राजपुर हुँदै अत्तरिया सम्म खुलेयाम पुग्ने गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रको सीमान्त पुनर्वासमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा पहल थाले पनि अस्थायी प्रहरी पोस्टका ईन्चार्जद्वारा चोरीपैठारी नियन्त्रणमा सकृयता नदेखाए पछि नियन्त्रणमा चुनौती थपिएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वासमा पछिल्लो केही समय यता लागू औषध ओसारपसार , लागायतका अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको सकृयता राम्रो रहेको छ । तर, अस्थायी प्रहरी चौकी आइबिआरडीका इन्चार्जले किन सकृयता देखाएनन आबश्यक छानबिन गरिने कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडयतले बताए । दोषी पाइए कार्वाही समेत गरिने एसपी कडायतले बताए ।

कञ्चनपुरको पुनर्वासमा एक साता नबित्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आठ जना लागू औषध कारोबारीलाई पक्राउ गरेका छन ।

गत एक महिना यता पुनर्वास प्रहरीलाई ठुलै सफलता मिलेको छ । दुई किलो चरेस सहित धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलका ३५ वर्षीय साने आलम र सोही टोलका ३३ वर्षीय सुनिल शर्मालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेका थिए भने गत हप्ता सरकारबाट प्रतिबन्धित लागूऔषध नाईट्रो भ्याट ट्याबलेट ५४ थान र स्पासमो ट्याबलेट २१ थानसहित कैलालीका सुनिल परियार, सागर ताम्राकार, गोमा खत्री र पूजा देउबालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नै पक्राउ गरेका थिए ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती लागू औषध ओसारपसार गर्ने गिरोहको सफाया अभियान अन्तर्गत चेकजाँचलाई तिब्र बनाए पछि ६ ग्राम ब्राउन सुगरसहित प्रहरीले पुन दुई जनालाई पक्राउ गरेका हुन ।

एक पछि अर्को सफलता प्राप्त त्रिभुवनबस्तीका इन्स्पेक्टर कर्णबहादुर बम आए पछि हाल सम्मकै प्रहरी प्रशासनले सर्बत्र चर्चा कमाएको अवस्थामा पनि पुन सुरक्षा र चोरीपैठारी नियन्त्रणमा भने चुनौती थपेको छ ।

पचास ग्राम लागू अाैषध देख्ने प्रहरीकाे अाँखाले सयाैँ किलाे अबैध सामान खुल्लेआम भित्रि रहँदा कसरी नदेखेको होला ? जन जनमा चासोको बिषय बन्दै आएको छ ।

लागू अाैषध काराेबारीलाई झ्याप झ्यापी समात्ने प्रहरीले भारतीय बजारबाट नेपाल भित्रिने अबैध सामानलाई भने घरायसी प्रयाेजनकाे लागि भन्दै केही पैसा लिई छाेड्ने गरेकाे श्रोतको दाबी छ ।

खुला सिमाका कारण अबैध मालसामान ओसारपसार गर्नै गिरोहलाई भने यसप्रकारको कार्यले उत्साहित बनाएकाे छ। भारतबाट सिमेन्ट खादमल र बिभिन्न गुणस्तरहिन मैदा, चिनि, तेल, चामल, ब्राेईलर कुखुरा तथा अण्डा, सुख्खा खाने कुरा (जङ्क फुड) जस्ता सामान भित्रिनुमा प्रहरीकै सँलग्नता रहेकाे नाम नखुलाउने सर्तमा एक व्यापारी बताउछन। भारतबाट भित्रिने सामानकाे क्यारिङ्ग(भरिया) पेसा गर्दै अाएका नेपाली र भारतीय ब्यक्तिहरूबाट समेत मासिक रूपमा हर एक ब्यक्तिबाट पाँच सय देखि एक हजार रूपैयाँ असुल्दै अाएकाे भरिया काम गर्नेहरू बताउँछन।

पुनर्वासको भारतीय सिमावर्तीमा नेपाल भारत आवतजावत गर्न दर्जनौ चोरी बाटो बनिएको छ । ती बाटोहरुमा बिहान २बजे देखीनै चहलपहल निकैनै बढने र साँझ् दिन ढल्ने बितिकै अप्रत्याशित रूपमा चहलपहल बढ्ने सिमावर्ती बासिन्दा हरुको भनाइ रहेको छ ।

यसरी अबैध सामानकाे अबैध तरिकाले प्रहरीले पैसा असुल्न थाले पछि अाफुहरू पनि बाध्य भएर रकम दिने गरेकाे उनिहरू बताउछन। तर यस विषयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बम भने अनबिज्ञ भएको बताए ।

यसबारे प्रहरी निरिक्षक बमले घरायसी प्रयाेजनका लागि केही मात्रामा भारतबाट अबैध मानिएका सामान भने भित्रिएको स्विकार गरे । यसरी घरायसी प्रयाेजनका लागि भन्दै ल्याईने सामानकाे ब्यवसायिक रूपमा फाईदा उठाउने समूह या ब्यक्ति पनि सक्रिय रहन सक्छ तसर्थ यसप्रति आफु सतर्क रहने प्रहरी निरीक्षक कर्ण बहादुर बम ले बताए ।

पुनर्वास नगरपालिका वडा नं १० ,भिम बस्तीमा गत ६ गते राति घरको कोठमा ताला लगाई बन्दा गरी राखेको अन्दाजी १६ बर्षिय एक मानसिक रोगी किशोरी लाई अज्ञात समूहले घरबाट अपहरण गरी बाहिरा लगेर समुहिक बलत्कार गरिएको घट्ना बाहिरा आएको सनदर्भमा बालिकालाई आफ्नो टोलीले उद्धार गरी मेडिकल जाँच गरी आफन्तको जिम्मा लगाइएको बताए ।
तर , हप्तौ दिन बित्दा समेत आपराधीको खोजतलासमा चासो नदिएको प्रति स्थानिय जनता पुलिस प्रशासन प्रति आक्रोसित बनेका छन । एक पछि अर्को बलात्कारको घटना पुन मौलाउन थालेको छ ।

उक्त ठाउँमा पुन १० बर्षिय बालिका एक ६९ बर्षीया बृद्ध बाट बलात्कृत भएकी छिन् । बलत्कारको अभियोगमा सोही स्थानका ६९ बर्षिय बृद्धलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले पक्राउ गरीएको थियो। निजलाई जबर्जस्तीकरणी अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धानका लागि जिल्ला चलान गरिएको प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए ।

यसैगरी आफुहरुले सामुहिक बलत्कार गर्नेहरुको पनि बिभिन्न माध्यम बाट खोजी कार्य तिब्रताका साथ अगाडि बढाएको र केहिदिनमै आपराधीहरुलाई पक्राउ गरी छाड्ने बमको जिकिर छ । कोहीपनि कानुन भन्दा माथि छैन ,जो कोही होस आपराधीलाई कुनै पनि हालतमा नछाड्ने बताउछन प्रहरी निरीक्षक बम ।

सुरक्षाको प्रत्याभूति सम्पुर्ण पुनर्वासीले गर्न पाओस ,नेपालमा पनि कानुन छ भन्ने अनुभुति दिलाउन सफल भएको होस दुई बम लगायत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई हाम्रो पनि शुभकामना ।