पुनर्वासमा ६९ वर्षीय वृद्धद्वारा १० वर्षीया बालिका बलात्कृत - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुनर्वासमा ६९ वर्षीय वृद्धद्वारा १० वर्षीया बालिका बलात्कृत



पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा ६९ वर्षीय बृद्धद्वारा १० वर्षीय बालिका बलात्कृत भएकि छन् ।

पुनर्वास नगरपालिका–१० का ६९ वर्षीय ओमनाथ पौडेलले स्थानीय १० वर्षीय बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना मंगलबार नै भएपनि पीडितका आफन्तले उजुरी दिएपछि पौडेललाई बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेका छन् ।

पौडेललाई जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिए ।